site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माधव नेपालको व्यंग्य– आफू स्वर्गतिर लाग्यो, अर्कोलाई लात्तीले हिर्काएर नर्कतिर पुर्‍याइयो
SkywellSkywell

काठमाडौंं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले नयाँ गठबन्धनको औचित्यलाई लिएर प्रश्न गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतमाथिको छलफलका क्रममा उनले गठबन्धन तोड्नुको पुष्टि हुन नसक्ने बताए ।

नेपालले ओली र यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बीच 'स्वर्ग वा नर्क सँगै जाने' भनेर दिएको वचनमाथि व्यंग्य हाने । 

KFC Island Ad
NIC Asia

“गठबन्धन तुरुन्त तोडेर अर्को सहकार्य केका लागि जरुरी थियो ? त्यसमा पनि पाँच वर्ष सँगै जाने । स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने । सुन्दै आनन्द लाग्ने कुरा । आफू स्वर्गतिर लाग्यो । अर्कोलाई लात्ति हिर्काएर नर्कतिर पुर्‍यायो । यसरी वचन दिएको सुन्नमा आएको छ । अचानक किन गठबन्धन फेरियो ?,” उनले भने ।

उनले अघिल्लो साँझसम्म ओत लागेको गठबन्धन सरकार भोलिपल्टको मिर्मिरेअघि नै ढालेर स्थिरताको कुरा गरिएको बताए । नेपालले राजनीतिक स्थिरताका नाममा अर्को जंगबहादुर नखोजिएको पनि बताए । उनले शक्तिको केन्द्रीकरणबाट स्वेच्छाचारिता जन्मिने बताए । 

“भोलि पछुताउनु नपरोस् । नेपाल जस्तो भूराजनीतिक संवेदनशीलता भएको बहुलता भएको देशमा निर्वाचित नै किन नहोस् । एउटा व्यक्तिगको स्वेच्छाचारी शासन सम्भव छैन,” उनले भने ।

संसद्‌मा के भने ?

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro