site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संविधान संशोधन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक स्थिरताका निम्ति संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार बनाइएको बताएका छन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि राखेको प्रस्तावमाथिको छलफलका क्रममा उनले देश विकासका निम्ति स्थिर सरकार बनाउन आवश्यक भएको बताए । सरकारले आर्थिक शिथिलतालाई चिर्दै चलायमान बनाउने उनले उल्लेख गरे ।

संविधान संशोधन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास भएकामा उनले जोड दिए । संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिने उनको भनाइ थियो ।

“संविधान प्रारम्भ भएको आठ वर्ष पूरा भएको छ । यसको सबल पक्ष, दुर्बल पक्ष, जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास हो,” उनले भने, “संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ ।”

सबै राजनीतिक दलसँग संवाद गरेर मात्र संविधान संशोधन गर्नु उचित हुन्छ भन्नेमा आफूहरु स्पष्ट रहेको उनले बताए ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro