विदेश
जेरुसेलम । हुथी विद्रोहीले आक्रमण गरेको एक दिनपछि इजरायलले तिनको नियन्त्रण रहेको हुदैदाहमा जवाफी हमला गरेको छ । त्यो बन्दरगाह लालसागरमा छ ।
हुथीसम्बन्धी मिडिया आउटलेटले उक्त हमलामा तीनको मृत्यु र ८० जना घाइते भएका जनाएको छ । हुथी अधिकारी मोहम्मद अब्दुल सलामले यो घटना यमनविरुद्ध इजरायलको बर्बर हमला भएको जनाएका छन् ।
उता, इजरायलका रक्षामन्त्री योआव गेलेन्टले उनको देशले हुथी आन्दोलनलाई एक सन्देश दिन खोजेको जनाएका छन् ।
शनिबार साँझ इजरायलले गरेको आक्रमणपछि हुदैदाहमा आगोको अग्लो मुस्लो देखिएको थियो । बीबीसी हिन्दीबाट ।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ १०:१०
प्रतिक्रिया दिनुहोस्