विदेश
मिचिगन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले लोकतन्त्रका लागि गोली खाएको जनाएका छन् ।
अघिल्लो शनिबार पेन्सिलभानियाको एक कार्यक्रममा उनको हत्या प्रयास भएको थियो । गोलीले कानमा मात्र छोएकाले उनी बचेका थिए ।
हत्या प्रयास पछिको पहिलो चुनावी र्यालीमा सम्बोधन गर्दै ट्रम्पले शनिबार हजारौँ उपस्थितका सामुन्ने सो कुरा बताएका हुन् । कार्यक्रममा उपराष्ट्रपतिका उमेदवार जेडी भान्स पनि सहभागी थिए ।
ठूलो संख्यामा डेमोक्रयाट्सहरूले उनलाई लोकतन्त्रका लागि चुनौतीको रूपमा उनलाई व्याख्या गर्दै आएको समयमा ट्रम्पले सो जवाफ दिएका हुन् । बीबीसी
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ ०९:५३
प्रतिक्रिया दिनुहोस्