site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नयाँ सत्तासमीकरण सरकार फेर्न मात्र होइन : ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेस र आफ्नो पार्टीबीचको नयाँ सत्तासमीकरण प्रधानमन्त्री बन्न वा सरकार फेर्नका निम्ति मात्र नभएको बताएका छन् ।

शनिबार भक्तपुरमा सञ्चार–संवाद कार्यक्रममा उनले कांग्रेस र एमालेको नयाँ सत्तासमीकरण मुलुकको समग्र विकास र जनतामा विद्यमान निराशा चिर्नका निम्ति भएको जिकिर गरे ।

वर्तमान सरकारको वैधानिकता नेपालको संविधानको धारा ७२ को उपधारा २ नै भएको र उपधारा २ मा उल्लिखित प्रावधान कुनै व्यक्तिविशेषलाई मात्र आकर्षित हुन्छ भनेर तर्क गर्नु गैरसंवैधानिक भएको उनले टिप्पणी गरे ।

उनले नेकपा (माओवादी केन्द्र)लगायत अरू विपक्षी दलले संविधानको धारा ७२ को उपधारा २ को गलत व्याख्या गरेर विषयान्तर गर्ने चालबाजी गरिरहेको बताए ।

उपमहासचिव ज्ञवालीले ‘दुईपटकसम्म संशोधित संविधानमा अब फेरि आवश्यक संशोधन भएको खण्डमा माओवादीले भनेजस्तो गरी कसरी पश्चगमन हुनसक्छ ?’ भन्ने प्रश्न गरे ।

उनले सहकारीका विषयमा संसदीय विशेष छानबिन समितिले प्रतिवेदन दिएपश्चात् समस्या समाधान गर्न सरकार पछि नपर्ने प्रतिबद्धता पनि व्यक्त गरे । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro