site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनमा पुल भत्किँदा ११ जनाको मृत्यु, ३० बेपत्ता
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

काठमाडौं । उत्तरी चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ । ३० जनाभन्दा बढी बेपत्ता भएको सरकारी प्रसारणकर्ता सीसीटीभीले जनाएको छ । 

समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार राति करिब ८ः४०  बजे वर्षासँगै आएको बाढीका कारण सानक्सी प्रान्तको साङ्लुओ नदीमा रहेको पुल भत्किएको हो ।  

Dabur Nepal
NIC Asia

राजमार्गको पुल नदीमा खसेपछि लगभग २० वटा सवारी साधन र ३० जनाभन्दा बढी मानिस बेपत्ता भएको सीसीटीभीले बताएको छ । 

हालसम्म उद्धार गरिएका पाँचवटा गाडीभित्र ११ जनाको शव फेला परेको हो । सार्वजनिक तस्बिरहरूमा पुलको आंशिक भाग नदीमा डुबेको देखिएको छ ।

उत्तरी र मध्य चीनमा मंगलबारदेखिको निरन्तर वर्षा भइरहेको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu