site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
के छ नेपाली विद्यार्थीको अवस्था ? भारतले जारी गर्‍यो यस्ताे ‘एडभाइजरी’

काठमाडौं । बंगलादेशमा प्रदर्शन र झडपका घटना बढेपछि कर्फ्यु घोषणा गरिएको छ । प्रधानमन्त्री कार्यालयले देशभर कर्फ्यु जारी गरेको छ ।

राजधानी ढाकालगायत धेरै सहरमा केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठूलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको बीबीसीले जनाएको छ ।

प्रहरी र आन्दोलनकारीबीच धेरै ठाउँमा झडप भएको छ ।  शुक्रबार नरसिङदीको कारागारमा आक्रमण भएको थियो । उक्त कारागारबाट सयौं कैदी भागेका छन् । 

झडपमा कम्तीमा ३५ जनाको मृत्यु भइसकेको छ । 

सरकारका प्रेस सेक्रेटरी नइमुल इस्लाम खानले शान्तिसुरक्षा कायम गर्न सेना परिचालन गरिने बताएका छन् । 

बंगलादेशमा आरक्षण विरोधी विद्यार्थी आन्दोलन चर्किएको हो ।

यसैबीच, बंगलादेशमा नेपाली विद्यार्थी सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले बंगलादेशमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपालीको सुरक्षामा नेपाल सरकार सचेत रहेको जनाएको छ ।

परराष्ट्रले शुक्रबार विज्ञप्ति जारी गर्दै सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली दूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थी सुरक्षित रहेको जनाएको छ ।

बंगलादेशमा रहेका नेपालीको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको पनि परराष्ट्रले बताएको छ ।

उता, बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भएको हिंसा र अशान्तिलाई ध्यानमा राख्दै भारतको विदेश मन्त्रालयले त्यहाँ बस्ने भारतीय विद्यार्थीका लागि ‘एडभाइजरी’ जारी गरेको छ । 

एडभाइजरीमा विद्यार्थीलाई बंगलादेश यात्रा नगर्न भनिएको छ । उनीहरूलाई घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ ।

भारतीय विदेश मन्त्रालयले आफ्नो देशका विद्यार्थीलाई सहयोग गर्न २४ सै घण्टा आपतकालीन नम्बर पनि जारी गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro