site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कम्प्युटर नेटवर्क डाउनको असर नेपाली बैंकहरूमा पनि देखियो
Tiktok banner adTiktok banner ad

काठमाडौं । विश्वभर कम्प्युटर नेटवर्क डाउन भइरहँदा नेपालका बैंकहरूमा पनि समस्या देखिएको छ । बैंकिङ क्षेत्रमा धेरै सिस्टमहरू जोडिएको भए पनि माइक्रोसफ्ट अपरेटिङ सिस्टममा भने समस्या देखिएको छ ।

एभरेस्ट बैंकका डेपुटी महाप्रबन्धक आशुतोश शर्माका अनुसार बैंकका ७/८ वटा सिस्टममा समस्या देखिएको छ । तर, अन्य सिस्टमबाट काम भइरहेको उनी बताउँछन् ।

“अहिले विश्वभरि नै माइक्रोसफ्ट अपरेटिङ सिस्टममा समस्या आएको छ । तर, क्राउडस्ट्राइकका कारण केही अवरोध आएको छ,” उनले भने, “बैंकमा धेरै सिस्टम हुन्छन् । बैंकका सात/आठ वटा सिस्टममा समस्या देखिएको अवस्था छ । तर, काममा अवरोध भने छैन ।”

त्यस्तै, एनआईसी एसिया बैंकका एक अधिकारीका अनुसार क्राउडस्ट्राइकका कारण केही अवरोध देखिएको भए पनि बैंकले सेवा दिइरहेको छ । ठूलो समस्या आएको छैन ।

माइक्रोसफ्ट अपरेटिङ सिस्टम प्रयोग गरिएका कम्प्युटरहरू ‘ब्लू स्क्रिन अफ डेथ’ अर्थात् अलर्टसहित निलो स्क्रिन देखिएर डाउन हुँदा समस्या भइरहेको छ ।

यसका कारण भारत, बेलायत, अस्ट्रेलियालगायत कयौँ देशमा विमानस्थल, बैंक, अस्पताल, यातायातलगायत किनमेल स्टोरमा समेत सेवा अवरोध भएको छ ।

एन्टिभाइरस सफ्टवेयर उत्पादक साइबर सुरक्षा प्रदायक कम्पनी क्राउडस्ट्राइकले आफ्नो सफ्टवेयरमा अपडेट दिएको र उक्त अपडेटपछि कम्प्युटरमा समस्या आइरहेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro