site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुकुल ढकाल भन्छन्– उपसभामुखको पत्रबारे पार्टीका शीर्ष नेतालाई वैशाखमै थाहा थियो
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा राना मगरसम्बन्धी विवादबारे वैशाखतिरै पार्टी नेतृत्व जानकार रहेको बताएका छन् ।

अमेरिकी दूतावासलाई भिसाको लागि उपसभामुखले लेखेको पत्र सार्वजनिक भएपछि चौतर्फी आलोचना

शुक्रबार बाह्रखरीसँगको टेलिफोन संवादमा उनले अमेरिका लैजाने आश्वासन दिएर पैसा उठाएको र जान नपाएपछि एकजना पीडितले पार्टीमा उजुरी दिएपछि आफूले नेतृत्वलाई जानकारी दिएको बताए ।

ढकालले आफूले पार्टी सभापति रवि लामिछाने‚ उपसभापति स्वर्णिम वाग्ले‚ सहकोषाध्यक्ष दिपक बोहरासहित शीर्ष नेतृत्वलाई जानकारी गराएको बताए ।

उपसभामुखको पत्र, रास्वपाभित्रै सामसुम ! भन्छिन्– गरिबले कहिल्यै सिफारिस नपाउने ?

“यतिसम्म कि इन्दिरा आमालाई मैले बोलाएर ती पाँचजना को हो ? यहाँ ल्याउनुहोस् भनेर भनेको थिएँ‚” ढकालले भने ।

पीडितले पार्टीमा उजुरी दिएपछि आफूले पैसा फिर्ता पाएको र थप झमेलामा पर्न नचाहेकाले बयान दिन आउदिनँ भनेपछि विषय अघि नबढेको ढकालको दाबी छ । आफूले यसबारे गृह मन्त्रालयलाई पनि बुझ्न लगाएको उनको भनाइ छ ।

अमेरिकी दूतावास, परराष्ट्र र संसद् सचिवालयमा घुमेको उपसभामुखको त्यो पत्र 

उनले भने‚ “पाएपछि मैले गृह मन्त्रालयमा दिपक बोहराबाट गृहमन्त्री तथा पार्टी सभापति रवि लामिछानेसम्म कुरा पुराए र बुझ्न लगाए । ती नाम उल्लेख गरिएका कोही पनि मान्छे अमेरिका उडेका छैनन् भन्ने सूचना मलाई गृहबाट आयो ।”

ढकालको भनाइ :

मलाइ दुई–तीन महिनाअघि शंकर श्रेष्ठबाट सूचना आयो, शंकरलाई पार्टीको एकजनाले भनेको रहेछ । पैसा लिएको थियो रे, अनि पैसा फिर्ता गरेन रे । पैसा फिर्ता गरिपाऊँ भन्ने बेहोराको चिठ मलाई आयो । त्यो चिठी पाएपछि मैले गृह मन्त्रालयमा दिपक बोहराबाट गृहमन्त्री तथा पार्टी सभापति रवि लामिछानेसम्म कुरा पुर्‍याएँ र बुझ्न लगाएँ । ती नाम उल्लेख गरिएका कोही पनि मान्छे अमेरिका उडेका छैनन् भन्ने सूचना मलाई गृहबाट आयो ।

त्यसपछि मैले उपसभामुखलाई फोन गरेँ । उहाँले मैले चिनेको होइन, मलाई यसरी आयो । अनि अन्तर्वार्ता सहज बनाइदिन पत्र लेखेँ  भन्नुभयो ।

अनि मैले त्यसरी अधिकार दुरुपयोग हुने गरी पत्र लेख्न पाइन्छ ? भनेपछि उपसभामुखले मलाई थाहा भएन भनेर जवाफ दिनुभयो । अहिले मिडियामा आएका कुरा मलाई त्यसबखत उहाँले भन्नुभएको हो ।

शंकरजीको माध्यमबाट मलाई पीडितहरूको सूचना आयो कि पीडितले पैसा फिर्ता पायो भनेर । मैले उनीहरूलाई बयानका लागि बोलाउने तयारी गरेको थिएँ । पैसा फिर्ता पाएपछि एक जना पीडितले यो इस्यू ठुलो भएकाले म लफडामा पर्न चाहन्नँ‚ पैसा फिर्ता पाएँ अब म केही बयान दिन्न भनेर पीडितले भने । अनि पीडितले बयान दिन्न भनेपछि थप अघि बढ्न सकिएन ।

पाँचजना मान्छे जसको नाम उल्लेख छ । ती एनजीओका मान्छे हुन् कि हैनन् त यो पत्ता लगाउनुपर्छ भनेर मैले इन्दिरा आमालाई पाँचजना मानिसलाई मसँग उपस्थित गराउनू भनेर भनेँ । उहाँले मैले सबै चिनेको छैन, उपेन्द्रलाई मात्र चिनेको हो भनेर भन्नुभयो । उपेन्द्रको नम्बर दिएर कुरा गर्नु भनेर आमाले भन्नुभयो । मैले पनि म उपेन्द्रसँग कुरा गर्दिनँ, तपाई मलाई पाँचजना मान्छे उपस्थित गराउनुहोस् महामन्त्री पदमा रहेर म कसैलाई फोन गर्दिनँ तपाईँ मलाई मान्छे ल्याएर भेटाउनुहोस् भनेर मैले भनेँ । देशमा तपाईं ठूलो पदमा भए पनि पार्टीमा म महामन्त्री हो । मलाई तपाईंले रिपोर्टिङ गर्ने हो । मैले कसैलाई फोन गर्ने हैन भनेर हप्कीको शैलीमा अलि ठूलो स्वरमा मैले त्यस बखत भनेकै हो ।

उहाँलाई मैले ती पाँचजना मान्छे भेटाउनुपर्छ को कहाँ छन् खोजेर मेरो अगाडि उपस्थित गराउनुपर्छ भनेर ‘टास्क’ दिएँ । उहाँले म मान्छे खोज्छु भन्नुभएको थियो । त्यसपछि पार्टी चुनावकेन्द्रित भयो‚ समीक्षा यात्रा भयो‚ त्यसपछि अहिले अवस्था आयो । कुरा यत्ति हो ।

मेरो तर्फबाट महामन्त्रीको रूपमा मैले गर्नुपर्ने काम गरेकै हो । गृह मन्त्रालय र सभापतिकहाँ विषय पुगेकै हो । फलोअप बीचमा किन भएन भन्ने प्रश्न पनि आउँछ । कारण पार्टी राजनीति नै फरक मोडमा आइपुगेको छ ।

यो वैशाखतिरको कुरा हो । त्यसपछि हामी चुनावको तनाव‚ समीक्षा यात्रा भनेर निस्कनुपर्‍यो । त्यसबखत उपसभापति डीपी अर्याललाई खबर भइसकेको रहेछ । मैले पार्टी सभापति रवि लामिछाने‚ उपसभापति स्वर्णिम वाग्ले र सहकोषाध्यक्ष दिपक बोहरालाई खबर गरेँ । यो कुरा त्यसबखत मुख्य नेतृत्व सबैलाई थाहा थियो ।

उपसभामुखज्यूले मलाई थाहा नभएर साइन गरेँ भन्नुभयो । यो आफैँमा गम्भीर भुल हो । थाहा छैन भन्न पाइनँ भनेर छुट हुँदैन । मलाई ती मानिसहरूसँग भेटाइदिनुहोस् भनेर आमासँग भनेको थिएँ । त्यसपछि पार्टी राजनीति के के भयो थाहा नै छ, सबैलाई ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro