site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली क्रिकेट टिम विश्वका जुनसुकै टिमलाई चुनौती दिन सक्छ : पारस खड्का

काठमाडौं । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली क्रिकेट टिम विश्वका जुनसुकै टिमलाई चुनौती दिन सक्ने अवस्थामा पुगेको बताएका छन् ।

बुधबार काठमाडौंमा सीजी फुड्स नेपाल लिमिटेडले आईसीसी टी–२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहनस्वरूप घोषणा गरेको पुरस्कार वितरण कार्यक्रममा सचिव खड्काले हालैको विश्वकपमा नेपालले गरेको प्रदर्शन प्रशंसायोग्य रहेको बताए ।

Dabur Nepal
NIC Asia

नेपालले विश्वकपमा बेहोरोको हार दु:खद भए पनि प्रदर्शन भने निकै उत्कृष्ट रहेको उनको भनाइ छ । सचिव खड्काले आगामी दिनमा नेपाली क्रिकेटप्रतिको आशालाई थप बलियो बनाउन त्यही अनुसारको पूर्वाधारयुक्त तयारी गर्नुपर्ने बताए ।

त्यस्तै, नेपाली क्रिकेटर सन्दीप लामिछानेले विश्वकपको नतिजा जस्तो आए पनि थप अनुभव र हौसला प्राप्त भएको बताए । अग्रजहरूका कारण नेपाली क्रिकेट अहिलेको अवस्थामा आइपुगको भन्दै उनले क्रिकेटमा नेपाललाई थप सफलता दिन मेहनत गर्ने उल्लेख गरे ।

कार्यक्रममा वाईवाईले यसअघि गरेको घोषणा अनुसार क्यानलाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro