site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंककको होटेलमा मृत्यु प्रकरण : चियाको कपमा साइनाइड विष भेटियो

बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित एक लक्जरी होटेलको स्विटमा बसेका ६ जनाको मृत्यु विष सेवनका कारण भएको रहस्य खुलेको छ । उनीहरूले चिया पिएको कपमा साइनाइड विष फेला परेको हो ।

उक्त घटना बैंककस्थित पाँचतारे होटेल ग्रान्ड हायात इरावनमा भएको थियो । त्यहाँ गोली चलाइएको स्थानीय मिडियाले सुरुमा समाचार दिएका थिए । प्रहरीले ती समाचारको खण्डन गर्दै गोली चलाइएको कुनै प्रमाण नभएको जनाएको छ ।

त्यहाँ मृत्यु हुनेमा तीन महिला र तीन पुरुष छन् । उनीहरू सबै भियतनामका नागरिक भएका जनाइएको छ । तीमध्ये केहीसँग अमेरिकाको पनि नागरिकता रहेको बताइएको छ ।

ती ६ जनाबीच ऋणसम्बन्धी मामिलाका विषयमा विवाद थियो । उनीहरूलाई होटेल स्टाफले चियासहित अरू खानेकुरा ल्याएर राखिदिएका थिए । चिया खाए पनि अरू खानेकुरा उनीहरूले खाएका थिएनन् ।

उक्त होटेलमा बस्न सातजनाले बुकिङ गरेका थिए । तीमध्ये पाँचजनाको मात्र ‘चेक इन’ भएको थियो । एकजनाको त्यहाँ नाम उल्लेख नगरिएको मेट्रोपोलिटन प्रहरी प्रमुख थिटी साइन्गसवाङले जनाएका छन् । कोठामा मृत भेटिएका एक व्यक्ति होटेलको रेकर्डमा नरहेको जनाइएको छ ।

उनीहरू सोमबार ‘चेक आउट’ हुने तय थियो । हाउसकिपरले उनीहरूको शव सुरुमा फेला पारेका थिए । स्काइ न्युजबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro