site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अर्थतन्त्रलाई चलायमान बनाउनतर्फ सरकार अग्रसर हुनुपर्छ : अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले कर्जा विस्तारमा देखिएको संकुचनले अपेक्षाकृत रूपमा बजार चलायमान हुन नसकेको परिस्थितिमा अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरकार अग्रसर हुनुपर्ने बताएका छन् । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा अध्यक्ष केसीले नयाँ सरकारले अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्नु पर्ने बताएका हुन् ।

सो अवसरमा बैंकिङ क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा पु¥याएको योगदानका बारेमा स्मरण गराउँदै पछिल्लो समयमा देखा परेको बैंकिङ क्षेत्रका चुनौतीहरूका विषयमा जानकारी पनि गराएका थिए ।

Argakhachi Cement Island Ad

भेटका क्रममा संघका पदाधिकारीहरूले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा जनमानसमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, बैंकको घट्दै गइरहेको प्रतिफलको बारेमा जानकारी गराएका थिए । 

नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री पौडेलले हालको समस्यालाई समाधानका लागि सरोकारवालाहरू एकजुट भएर अर्थतन्त्र चलायमान बनाउनेतर्फ अग्रसर हुनुपर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १९:०७
प्रतिक्रिया दिनुहोस्