site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चन्द्रमामा गुफा भएको पुष्टि, अन्तरिक्षयात्रीलाई आश्रय बन्न सक्ने

केप कार्नाभेरल । वैज्ञानिकहरूले चन्द्रमामा गुफा भएको पुष्टि गरेका छन् । उक्त गुफा ५५ वर्षअघि नील आर्म स्ट्रङ र बज एल्ड्रिन ल्यान्ड गरेको स्थानभन्दा धेरै टाढा छैन । गुफा भविश्यका हजारौँ अन्तरिक्षयात्रीलाई राख्न सक्ने स्थान हुने वैज्ञानिकहरूको भनाइ छ ।
 
इटालीयन वैज्ञानिकको एक टोलीले सोमबार जानकारी गराएअनुसार चन्द्रमाको सबैभन्दा गहिरो खाडलबाट पहुँचयोग्य स्थानमा गुफा भएको प्रमाण मिलेको छ । सो स्थान एपोलो ११ अवतरण गरेको स्थानबाट करिब २५० माइल (४०० किलोमिटर) टाढा रहेको जनाइएको छ । 

त्यहाँ पत्ता लागेका २ सयभन्दा बढी खाडल लाभा ट्युबको पतनबाट बनेको जनाइएको छ । अनुसन्धाताहरूले नासाको लुनार रिकोन्नाइस्सेन्स अर्विटरको राडार मेजरमेन्टको विश्लेषण गर्दै यसको तुलना पृथ्वीको लाभा ट्युबसँग  गरेका छन् ।

Dabur Nepal
NIC Asia

वैज्ञानिकहरूका अनुसार राडार डेटाले भूमिभित्रको खोक्रो अवस्थाको प्रारम्भिक जानकारी मात्रै दिएको छ । उनीहरूको अनुमानअनुसार त्यो कम्तिमा १३० फिट चौडा र दशौं मिटर लामो वा त्योभन्दा बढी पनि हुन सक्छ ।

“चन्द्रमामा गुफा झण्डै ५० वर्षसम्म रहस्यमय रहेको थियो । त्यसको अस्तित्व छ भन्ने कुरा अन्तिममा प्रमाणित हुनु उत्साहको कुरा हो”, ट्रेन्टो युनिभर्सिटीका लियोनार्दो केरर र लोरेन्जो ब्रुजोनले इमलेमा लेखेका छन् ।

वैज्ञानिकहरूका अनुसार धेरैजसो खाडल चन्द्रमाको प्राचीन लाभा मैदानमा  छन् । चन्द्रमाको दक्षिणी ध्रुवमा पनि केही हुनसक्ने अनुमान गरिएको छ । उक्त क्षेत्रमा नासाका अन्तरिक्षयात्री यो दशकको अन्त्यतिर अवतरण गर्ने योजना छ । 

वैज्ञानिकहरूका अनुसार त्यहाँ रहेको क्रेटरमा जमेको पानी पिउने पानी र रकेट इनधनका लागि प्रयोग गर्न सकिने समेत वैज्ञानिकहरूको अनुमान छ ।

सन् १९६९को जुलाई २०मा आर्मस्ट्रङ र अल्ड्रिनबाट सुरु भएको चन्द्रमा यात्राको नासा एपोलो कार्यक्रममा १२ जना अन्तरिक्षयात्री अवतरण गरेका थिए । वैज्ञानिकहरुले प्राप्त गरेको तथ्यअनुसार चन्द्रमामा सयौं खाडल र हजारौं लाभा ट्युब हुन सक्छन् । यी स्थानहरू अन्तरिक्षयात्रीका लागि प्राकृतिक अश्रयस्थल बन्न सक्छन् । एपी
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro