राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो मन्त्रिपरिषद्ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी रहँदा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् । त्यसका लागि तीन सय दिनको समयसीमा तोकिएको छ ।
“कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ । यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ,” सामाजिक सञ्जालमा लेखिएको छ ।
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१ १९:०२
प्रतिक्रिया दिनुहोस्