site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओली नेतृत्वको सरकारलाई हामी गुण र दोषको आधारमा समर्थन र विरोध गर्छौँ : धवलसमशेर जबरा
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांमद धवलसमशेर जबराले नयाँ सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले सो कुरा बताएका हुन् । सांसद थापाले नयाँ सरकार गठन भएपछि देशमा केही आशा पलाएको उल्लेख गर्दै त्यसलाई निराशामा परिणत हुन नदिन पनि सरकारलाई सचेत गराए ।

उनले भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न पनि केपी ओली नेतृत्वको वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गरे । सहकारी लगायतका पीडितहरूको माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई सुझाव दिए ।

"केपी ओली नेतृत्वको सरकारलाई बधाई छ । सुझावहरू पनि छन् । भ्रष्टाचारका कुराहरू केही आएका छन् । यी भ्रष्टाचारका मुद्दाहरू, भ्रष्टाचारका फाइलहरूलाई खोल्ने मात्र होइन, तीब्र गतिले अगाडि बढाएर दोषीमाथि कारबाही हुनुपर्छ भन्ने मान्यता हामी सबैले राखेका छौँ । र यो नयाँ सरकारले यो काम गर्छ भन्ने हामीले विश्वास लिएका छौँ," उनले भने । 

सांसद जबराले जनताको समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro