site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
७३ वर्षे इतिहासमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी पहिलोपटक दुई महिलाको काँधमा 
SkywellSkywell

काठमाडौं । परराष्ट्र मन्त्रालयको ७३ वर्षे इतिहासमा मन्त्रालयको प्रमुख जिम्मेवारी पहिलोपटक दुई महिलाले पाएका छन् । उनीहरू हुन्– परराष्ट्रमन्त्री आरजु राणा देउवा र परराष्ट्र सचिव सेवा लम्साल ।

२००७ सालमा राणा शासनको अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएपछि २००८ साल (सन् १९५१) मा परराष्ट्र मन्त्रालयको स्थापना गरिएको थियो । त्यसयता एकै पटक परराष्ट्रमन्त्री र परराष्ट्र सचिव महिला बन्न सकेका थिएनन् । 

सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद् विस्तार गरेपछि परराष्ट्रको प्रमुख जिम्मेवारी दुई महिलाको काँधमा गएको हो ।

Dabur Nepal
NIC Asia

प्रधानमन्त्री ओलीले सोमबार नेपाली कांग्रेसकी नेतृ राणालाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् । लम्साल गत वर्ष परराष्ट्र सचिव बनेकी थिइन् । लम्साल नेपालको इतिहासमा पहिलो महिला परराष्ट्र सचिव हुन् । 

आरजु नेपालको इतिहासमा चौथो महिला परराष्ट्रमन्त्री हुन् । यसअघि नेकपा एमालेकी सहाना प्रधान, कांग्रेस नेतृ सुजाता कोइराला र नेकपा एमालेकी नेतृ विमला पौडेल राई परराष्ट्रमन्त्री भएका थिए । 

“यो महिला परराष्ट्रमन्त्रीज्यूले र महिला परराष्ट्र सचिवले नेतृत्व गरेको ऐतिहासिक संयोग हो, यो सुखद संयोग हो,” परराष्ट्र सचिव लम्सालले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भनिन् । 

लम्सालले परराष्ट्रमन्त्री अत्यन्त अनुभवी, परिपक्क र विद्वान् भएको दाबी गरिन् । उनले परराष्ट्रमन्त्रीको कार्यकाल सफल हुने बताइन् । परराष्ट्रमन्त्री आरजुलाई २०५५ सालदेखि आफूले चिनेको जनाउँदै उनले पुरानो चिनजानले काम गर्न सहज हुने जनाइन् । 

लम्साललाई २०८० मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सचिवमा बढुवा गरेको थियो । त्यसपछि उनी परराष्ट्र सचिवको जिम्मेवारी सम्हाल्ने पहिलो महिला बनेकी थिइन् । उनी नेपालको २५औँ परराष्ट्र सचिव हुन् । 

आधुनिक नेपालको एकीकरणसँगै राजा पृथ्वीनारायण शाहका पालामा तत्कालीन तिब्बत तथा चीनसँगको वैदेशिक सम्बन्ध सञ्चालनका लागि जैसी कोठा स्थापना गरिएको थियो ।

जैसी कोठा नेपालको हालको परराष्ट्र मन्त्रालयको प्रारम्भिक रूप थियो । त्यसपछि क्रमशः मुन्सीखाना तथा विदेश विभागका नाममा विदेश मामिलासम्बन्धी कार्यहरू सञ्चालन गर्दै आइएको थियो ।

२००७ सालमा राणा शासनको अन्त भएपछि देशमा प्रजातन्त्र स्थापना भयो । प्रजातान्त्रिक सरकारले २००८ सालमा परराष्ट्र मन्त्रालयको स्थापना गरेको थियो । त्यसयता आरजु देशले पाएको चौथो महिला परराष्ट्रमन्त्री हुन् । 

परराष्ट्रमन्त्री आरजुले सोमबार नै पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गरेपछि उनले परराष्ट्रमा धेरै महिला कर्मचारी देख्दा आफू उत्साहीत भएको प्रतिक्रिया दिएकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu