site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सार्वभौमिकता जोगाउने जिम्मेवारी परराष्ट्रको काँधमा : मन्त्री राणा
SkywellSkywell

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालको सार्वभौमिकता जोगाउने काम परराष्ट्र मन्त्रालयको भएको बताएकी छन् । 

सोमबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले नेपालसँग ठूलो संख्यामा सेना नभएकोले सार्वभौमिकता जोगाउने जिम्मेवारी परराष्ट्रको काँधमा रहेको बताइन् । 

“नेपाल सानो भूपेरिवेष्टित राष्ट्र हो । हामी ठूला देशहरुको बीचमा छौँ । नेपाल हाम्रा पूर्वजहरूले बचाएर ल्याएको सावैभौम राष्ट्र हो । यो इतिहास अहिलेको लागि र अब आउने पीडीको लागि कायम राख्नुपर्छ । यो नेतृत्व गर्ने काम परराष्ट्रको हो । हामी ठूलो सेना भएको देश होइन । नेपाल अनाक्रमण, शान्ति र पञ्चशिलतामा विश्वास गर्ने राष्ट्र हो । अब यो जिम्मेवारी अगाडि बढाउन भूमिका खेल्नुपर्ने देखिन्छ,” परराष्ट्रमन्त्री आरजुले भनिन् ।

Dabur Nepal
NIC Asia

पछिल्ला वर्षहरूमा विश्व भूराजनीतिक भिन्दै भएर गएको उनले बताइन् । यसअघि पनि इतिहासमा भूराजनीतिक अवस्था जटिल रहेको उनले जनाइन् । “त्यस्तो बेलामा पनि नेपालले आफ्नो स्वतन्त्रता जोगाएर देशको रूपमा रह्यो । भविष्यमा पनि यसैगरी जान्छौँ । यो मेरो मात्र विश्वास होइन र नेपाली जनताको विश्वास हो,” उनले भनिन् । 

देशको समृद्धिमा परराष्ट्रले धेरै ठूलो भूमिका खेल्नसक्ने र खेल्दै आएको दाबी उनले गरिन् । नेपालले धेरै अन्तर्राष्ट्रिय फोरममा प्रतिबद्धता जनाइएको र त्यसलाई अझ प्रभावकारी बनाउने चुनौती रहेको उनले बताइन् । “नेपाल बाहिर बस्ने नेपालीहरू कति व्यापार गर्छन् । कति अन्य काम गर्छन् । उनीहरूको लागि के गर्न सकिन्छ पुर्नविचार गर्नुपर्छ,” उनले भनिन् ।

विदेशमा रहेका नेपालीलाई सरकारले जति गर्न सक्थ्यो त्यति गर्न नसकेको उनले बताइन् । उनले आर्थिक कूटनीतिलाई पनि बढावा दिनुपर्ने जनाइन् । साना साना देशले अन्तर्राष्ट्रिय फोरमहरूमा मान्छे राखेको तर नेपालले राख्न नसकेको उनले बताइन् । उनले थपिन्, “अहिले हामीसँग दक्ष व्यक्ति छन् । यसतर्फ सोच्नुपर्छ आगामी दिनमा ।”

आफू बाहिर रहँदा परराष्ट्रमा फाइल जान्छ तर अघि बढ्दैन भन्ने गुनासो सुनेको जनाउँदै उनले कहाँ के के कारणले अड्केको हो आफूले कुरा गर्ने जनाइन् । 

नेपाल भूगोलको हिसाबले मात्र सानो भएको तर्क उनको थियो । उनले थप स्पष्ट पारिन्, “भूगोल हाम्रो सानो हो, हामी पुरानो देश हो । चीन र भारतसँग तुलना गर्दा सानो भनेको हो । स्वतन्त्र र सार्वभौम राष्ट्रको हिसाबले हामी सानो छैनौँ । भूगोलको हिसाबले हो ।” 

रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता ल्याउने प्रतिबद्धता उनले जनाइन् । हमासको नियन्त्रणमा रहेका विपीन जोशीलाई पनि फिर्ता ल्याउने आफ्नो प्रयास हुने उनले बताइन् । मन्त्री भएपछि पहिलो निर्णय राष्ट्रिय दिवस, दौत्य सम्बन्धको वार्षिकोत्सवका बेला दिइने ग्रिटिङ्सको फरम्याट स्वीकृत गरेको उनले सुनाइन् । 

भारतसँगको सीमामा रहेका पिल्लर सरेको विषयमा झगडा गर्नुपर्ने उनले बताइन् । ती पिल्लरहरू इतिहास र प्रविधिको प्रयोगले कहाँ थिए भन्ने सहजै पत्ता लगाउन सकिने दाबी उनले गरिन् । सीमा नदीहरूमा विवाद हुने र यस्ता विवाद संवादमार्फत सुल्झाएर अघि बढ्ने उनले जनाइन् । महाकाली नदीमा पनि यस्तो गरिने उनको भनाइ थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu