site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाणिज्य बैंकले घटाए ब्याजदर, पाँचवटाको स्थिर

काठमाडौं । वाणिज्य बैंकले साउन महिनाका निम्ति ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकले असारको तुलनामा मुद्दती निक्षेपमा औसतमा ०.१३७ प्रतिशत विन्दुले ब्याजदर घटाएका हुन् ।

२० वाणिज्य बैंकले असारमा औसत ६.८८ प्रतिशत ब्याज दिएका थिए । सोमबार सार्वजनिक विवरणानुसार, वाणिज्य बैंकले साउनमा औसत ६.७३९ प्रतिशत ब्याज दिने भएका छन् ।

वाणिज्य बैंकमध्ये पाँचवटाले मुद्दती निक्षेपमा दिने ब्याजदर स्थिर राखेका छन् ।

दुई वाणिज्य बैंकले ब्याजदर बढाएका छन् । साउनमा ब्याजदर बढाउनेमा कृषि विकास बैंक र एभरेस्ट बैंक छन् । यी बैंकले ०.६३२ र ०.५५ प्रतिशत विन्दुले ब्याजदर बढाएका छन् ।

सबैभन्दा बढी ब्याजदर घटाउनेमा हिमालयन बैंक छ । यो बैंकले ०.७५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । एनआईसी एशिया र एनएमबी बैंकले पनि असारको तुलनामा साउनमा ब्याजदर घटाएका छन् । तर, यी बैंकको ब्याज अरूको भन्दा महँगो छ । मुद्दती निक्षपमा यी दुई बैंकले ७.५३ प्रतिशत ब्याज दिने जनाइएको छ ।

पछिल्ला दिनमा बैंकमा तरलता सहज हुँदै गएकाले बैंकहरूले ब्याजदर घटाउँदै गएका छन् । मुद्दतीमा कम ब्याज दिएपछि बैंकमा यस्तो निक्षेप राख्न कम आउने गर्छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार, हाल बैंक तथा वित्तीय संस्थामा पर्याप्त पैसा छ । यही भएर पनि बैंकहरू निक्षेप आकर्षण गर्नतर्फ लागेनन् ।

saun-data-1721022010.png
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ११:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro