देश
काठमाडौं । तमोर नदीमा जलसतह सतर्कता तह नजिक पुगेको छ । पाँचथर जिल्लास्थित तमोर नदी माझिटार जल मापन केन्द्रमा जलसतह सतर्कता तहनजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जलसतह बढ्दो क्रममा रहेकाले तमोर नदीको सप्तकोसी दोभानसम्मको तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाउनुपर्ने विभागले बताएको छ ।
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१ ०८:३७
प्रतिक्रिया दिनुहोस्