site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई आर्थिक वर्षमा फेरिए पाँच स्वास्थ्यमन्त्री

काठमाडौं । आज असार ३१ । अर्थात्, आर्थिक वर्ष २०८०/०८१ को अन्तिम दिन । पछिल्ला दुई आर्थिक वर्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पाँचजना मन्त्री फेरिएका छन् । पाँचपटक मन्त्री परिवर्तन हुँदा मन्त्रालय १०० दिन नेतृत्वविहीन बनेको छ । 

आर्थिक वर्ष २०७९/०८० मा मात्रै ८४ दिन मन्त्रालय मन्त्रीविहीन बन्यो । डेंगी, दादुरालगायतका संक्रमणजन्य रोगहरू जोखिम भयावह बनेको र प्राकृतिक विपत्‌ले थलिएका अधिकांश समयमा स्वास्थ्य मन्त्रालय भने नेतृत्वविहीन रहेको देखिन्छ ।  

कहिले कहिले रिक्त रह्यो मन्त्रालय ?

०७९ असार १३ गतेदेखि नेकपा (एकीकृत समाजवादी)का सांसद भवानीप्रसाद खापुङ स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा थिए । तर, सरकार परिवर्तन भएसँगै ०७९ पुस १२ गते खापुङ बिदाइ भएपछि स्वास्थ्य मन्त्रालय मन्त्रीविहीन बन्यो । 

२० दिनको रिक्ततापछि ०७९ माघ ३ गते नेकपा (एमाले)का पदम गिरीलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइयो । तर, उनको नेतृत्व ४२ दिनमात्रै टिक्यो । ०७९ फागुन १५ गते गिरी स्वास्थ्यमन्त्रीबाट बाहिरिएसँगै स्वास्थ्य मन्त्रालय नेतृत्वविहीन बनेको थियो । 

लगातार ६४ दिनको रिक्ततापछि ०८० वैशाख २० गते नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइयो । 'स्टन्ट मन्त्री'को परिचय बनाएका बस्नेतको कार्यकाल ०८० फागुन २१ गतेसम्म रह्यो । 

राजनीतिक घटनाक्रमको उतारचढावकाबीच फागुन २२ देखि २७ गतेसम्म नयाँ मन्त्री नियुक्त गरिएन । ०८० फागुन २७ गते जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री बनेर आए ।

तर, उनको कार्यकाल पनि ६४ दिनभन्दा बढी टिक्न सकेन । २०८१ वैशाख ३१ मा उनी सरकारबाट बाहिरिए । 

०८१ वैशाख ३१ गते नै स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाल्न आएका जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादव ६३ दिन टिके । यही असार २१ गते स्वास्थ्यमन्त्रीबाट उनले राजीनामा दिए ।

यसरी आर्थिक वर्ष २०७९/०८० माघदेखि २०८०/०८१ को अन्त्यसम्म आइपुग्दा स्वास्थ्य मन्त्रालय १०० दिन नेतृत्वविहीन बनेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्त्वमा नयाँ सरकार बन्दै छ । उनी आइतबार नै प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् । उनले आजै शपथ लिने तय भएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro