राजनीति

काठमाडौं । निवर्तमान खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफ्नो कार्यकालमा धेरै सुधारका काम गर्न नसकेपछि सबै कामको जिम्मेवारी आफूले लिने बताएका छन् ।
आइतबार सिंहदरबारमा आयोजित बिदाइ कार्यक्रममा उनले राम्रा काम सबैको र नराम्रो जति कामको सबै जिम्मेवारी आफूले लिने बताए ।
उनले आफ्नो कार्यकालमा महत्त्वपूर्ण नीतिगत कामहरू भएको जिकिर गरे । मन्त्री श्रेष्ठले खेलकुद क्षेत्रमा निकै अपेक्षा भए पनि त्यसअनुसारको काम गर्न नसकेको बताए ।
उनले खेलकुद मन्त्रालयमा काम गर्न धेरै नै पेचिलो देखिएको अनुभव सुनाए ।
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१ १७:०९
प्रतिक्रिया दिनुहोस्