site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शेखर–गगनले एक स्वरमा भने– हामी सरकारमा जाँदैनौँ, ‘च्यापटर क्लोज’ भइसक्यो
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला वा महामन्त्री गगन थापामध्ये एकजना सरकारमा जान निकट नेताहरूले प्रस्ताव गरेका छन् । तर, दुवै नेताले प्रस्ताव अस्वीकार गरेका छन् ।

डा. कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आइतबार बिहान उक्त समूहको बैठक बसेको थियो । बैठकमा सहभागी एक नेताका अनुसार, अर्जुनरसिंह केसीले डा. कोइराला वा थापामध्ये एकजना सरकारमा जानैपर्नेमा जोड दिएका थिए ।

जवाफमा दुवै नेताले आफूहरू सरकारमा जाने विषयको ‘च्याप्टर क्लोज’ भइसकेको बताए । त्यसपछि उनले अनुभवी नेता सरकारमा जाँदा गठबन्धनको व्यवस्थापन र प्रभावकारिता बढ्ने भन्दै आफू त्यो जिम्मेवारी लिन तयार रहेको बताएका थिए ।

“उहाँ (अर्जुननरसिंह केसी)को प्रस्तावपछि डाक्टर साब र महामन्त्रीज्यूले च्यापटर क्लोज भइसक्यो, हामी जाँदैनौँ भन्नुभयो,” ती नेताले बाह्रखरीसँग भने, “त्यसपछि उहाँले त्यसो भए आफू सरकारमा जान तयार भएकाले त्यसअनुरूप निर्णय गर्न आग्रह गर्नुभएको थियो ।”

उनका अनुसार, निर्णय भने नेताहरूले गर्नेछन् । समूहले नेता केसीको भनाइलाई आफू सरकारमा जाने प्रस्तावका रूपमा मात्र लिएका छन् ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्