site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डोल्पा जिल्ला अस्पतालमा पहिलोपटक एकैदिन तीनवटा शल्यक्रिया 
Tiktok banner adTiktok banner ad

काठमाडौं । डोल्पा जिल्ला अस्पतालमा पहिलोपटक एकैदिन तीनवटा सफल शल्यक्रिया गरिएको छ । शुक्रबार तीनजना गर्भवतीको शल्यक्रियामार्फत् प्रसूति गराइएको अस्पतालले जनाएको छ । 

त्रिपुरासुन्दरी गाउँपालिका–२ की ३० वर्षीया गर्भवतीलाई ४२ हप्ता दुई दिनसम्म पनि व्यथा नलागेको र गर्भमा शिशु कम चलेको अवस्थामा अस्पताल पुर्‍याइएको थियो । चौथो गर्भ रहेकी उनको आकस्मिक शल्यक्रिया गरी चार केजीको शिशु निकालिएको हो । 

यस्तै, ठूलीभेरी नगरपालिका–५ की २३ वर्षीया महिलाको ४० हप्ताको गर्भावस्थामा शल्यक्रिया गरिएको हो । दोस्रोपटक आमा बनेकी उनको पहिलो शिशु पनि शल्यक्रियाबाटै जन्मिएको थियो । हालको शिशुको तौल तीन केजी रहेको अस्पतालले जनाएको छ । 

ठूलीभेरी नगरपालिका–२ कै २० वर्षीया अर्की गर्भवतीको पनि सोही दिन शल्यक्रिया गरिएको थियो । पहिलो गर्भावस्थामा रहेकी उनलाई लामो समय व्यथा लागेर पनि शिशुको टाउको ननिस्कीएपछि अस्पताल पुर्‍याइएको थियो । 

अस्पतालले राति ९ बजे उनको आकस्मिक शल्यक्रिया गरी तीन केजी २५० ग्रामको शिशु निकालेको हो । 

शल्यक्रिया टिममा डा. अखण्ड उपाध्याय, डा. रत्नवीर सुनार, डा. धर्मराज चौधरी, डा. मोहन बुढा, डा. सुस्मिता जोशी, डा. ईन्द्रजित पुन, एनेस्थेसियामा रन्जित शाहसहित नर्सिङ स्टाफ सहभागी थिए । 

हाल तीनैजना आमा र शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro