site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीजी मोटर्स नेपालकै सबैभन्दा ठूलो चार्जिङ स्टेसन नेटवर्क विस्तारमा आक्रामक
Tiktok banner adTiktok banner ad

काठमाडौं । सीजी मोटर्सले आफ्नो उत्कृष्ट सेवा र व्यापक चार्जिङ स्टेसनको नेटवर्कमार्फत उल्लेखनीय सुधार गर्दै आएको छ । नेपालकै सबैभन्दा ठूलो चार्जिङ नेटवर्क र उत्कृष्ट सर्भिस तथा पार्ट्स सेवाका कारण सीजी मोटर्सले आफ्नो ब्रान्ड छविलाई निरन्तर उचाइमा पुर्‍याइरहेको कम्पनीले जनाएको छ ।

सीजी मोटर्सले नेपालभर १७५ भन्दा बढी चार्जिङ स्टेसन स्थापना गरेको छ । निकट भविष्यमा त्यति नै चार्जिङ स्टेसन थप्ने योजना रहेको कम्पनीले जनाएको छ ।

“१८ वटा सवारीसाधनहरू सहज रूपमा चलिरहेको अवस्थामा सीजी मोटर्सबाट प्राप्त सहयोग उत्कृष्ट छ । साथै, समय–समयमा मेरा गाडीहरू काठमाडौंभन्दा बाहिर जाने गरेको छ,” बालाजु यातायातका सोमप्रसाद तुलाचन भन्छन्, “सो समयमा मलाई सीजीको चार्जिङ नेटवर्कले सहज यात्रा गर्न सजिलो भएको छ । सीजीको सर्भिस नेटवर्कले गर्दा म झन् ढुक्क भएको छु ।”

feg-1720938976.jpg
सीजी मोटर्सले आफ्ना ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएको  बताइएको छ । अन्नपूर्ण यातायातका तोयनाथ पोखरेल भन्छन्, “सीजी मोटर्सले हाम्रो भ्यान किन्न र मर्मत गर्न सजिलो बनाइदिएको छ । चार्जिङ स्टेसनहरूको संख्या बढ्दै जाँदा र सेवा शुल्क कम हुनु हाम्रो लागि यो परिवर्तनकारी भएको छ । काठमाडौंमा तीनवटा स्थानमा सीजीको सर्भिस स्टेसन राखेकाले हामीलाई जुन कुनै स्थानहरूबाट सहजै सर्भिस तथा स्पेर उपलब्ध हुने हुँदा हामी ढुक्क छौँ । साथै, बजारमा तथा मिडियामा आएका अनेकौँ टिप्पणीको पछाडि नलाग्न अनुरोध गर्दछु ।”

सीजी मोटर्सको रोडसाइड असिस्टेन्स सेवा – जसले कुनै पनि ठाउँमा तपाईंको सवारीसाधनलाई छिटो र प्रभावकारी सेवा तथा सहयोग गर्न कम्पनी सधैँ तयार छ ।

सीजी मोटर्स विश्वसनीय र वातावरणमैत्री यातायात समाधान प्रदान गर्न अग्रणी बनेको छ । सीजी मोटर्सका नेपालभर १५ भन्दा बढी सर्भिस स्टेसन छन् । बिर्तामोड, इटहरी, लाहान, जनकपुर, सिन्धुली, सुर्खेत, वीरगन्ज, हेटौँडा, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीका साथै हात्तीवन, चाबहिल र भक्तपुरमा पनि सर्भिस स्टेसनमार्फत सेवा दिइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro