site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीमा नियुक्त हुँदै ओली, शपथ भोलि
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार (आज) प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।

प्रधानमन्त्री नियुक्त भएपछि ओलीले शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । आइतबार समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने प्रेस सल्लाहकार पोखरेलले बताए । पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदभार ग्रहण गर्नेछन् ।

Dabur Nepal
NIC Asia

ओलीले एमाले र कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित शुक्रबार दाबी पेस गरेका थिए । ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीतलनिवास पुगेर दाबी पेस गरेका थिए ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान  गरेका थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu