site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पशुपति क्षेत्रमा गंगामाई रथयात्रा
तस्बिर : विमलबहादुर बिष्ट/रासस ।
Dabur Nepal
NIC Asia

काठमाडौं । पशुपति क्षेत्रमा प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन गरिने गंगामाई रथयात्रा शनिबार गरिएको छ । यहाँ जलकी अधिष्ठात्री देवी गंगामाईको दिव्य रथयात्रा गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिर तथा पाशुपत क्षेत्रमा गंगाको दिव्य रथयात्रा तथा विशेष अर्चना गरेपछि पानी पर्ने एवं खडेरी नहुने विश्वास गरिन्छ ।

यो जात्रामा राज्यबाट हर्षबढाइँका निम्ति गुरुज्यूको पल्टनले सलामी समेत प्रदान गर्ने परम्परा छ । पशुपति क्षेत्र विकास कोषले गंगामाई जात्राको प्रतीकका रूपमा यसलाई निरन्तरता दिँदै आएको छ । पाशुपत क्षेत्र शाक्त सम्प्रदायको समेत उपासनास्थल हो । यसैले पनि गंगामाई रथयात्राको विशेष महत्त्व छ ।

gangamai-rathyatra2-1720883340.jpg
भगवान् श्री पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको माता गंगाको अष्टधातुको मूर्तिलाई रथारोहण गराई पाशुपत क्षेत्रको देवमार्गमा परिक्रमा गराइन्छ । शनिबार अपराह्न पशुपतिनाथको बज्रघरबाट रथयात्रा सुरु भएको कोषबाट जात्रापर्व हेर्ने कर्मचारी वरुण खतिवडाले जानकारी दिए । जात्रा शनिबारै समापन हुने जनाइएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २९, २०८१  २०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro