site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्थायित्व दिन कांग्रेस–एमालेको सरकार : पोखरेल
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)का नेता आनन्द पोखरेलले मुलुकलाई स्थायित्व दिन नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउन लागिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले धेरै दल भएका कारण राजनीतिक अस्थिरता भएको टिप्पणी गरे ।

दुई दलबीचको सहमति शुक्रबार (हिजो)बाटै कार्यान्वयन सुरु भइसकेको उनले उल्लेख गरे । सहमतिका बाँकी बुँदा पनि विस्तारै कार्यान्वयन हुने उनले बताए ।

कांग्रेस र एमालेबीच चौथोपटक संयुक्त सरकार बनाउन लागिएको उनले जानकारी गराए । जनता र नागरिक समाजमा देखिएको आशंका हटाउने गरी अब बन्ने सरकारले काम गर्ने उनले बताए ।

आफूहरूले कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन तोड्न नीति नै बनाएको र त्यसमा दुईपटक सफल भएको उनको भनाइ थियो । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro