site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ड्रोन आक्रमणपछि रुसी इन्धन डिपोमा आगलागी

मस्को । युक्रेनी ड्रोन आक्रमणपछि रुसको रोस्तोभ क्षेत्रमा शनिबार एउटा इन्धन डिपोमा आगलागी भएको त्यहाँका गभर्नर भासिली गोलुबेभले टेलिग्राममा बताएका छन् ।

ड्रोन आक्रमणपछि सिमल्यान्स्की जिल्लाको पेट्रोल रिफाइनरीमा आगलागी हुँदा कुनै हताहत भने नभएको गोलुबेभले टेलिग्राममा उल्लेख गरेका छन् ।

यो क्षेत्र ‘फ्रन्टलाइन’बाट सयौँ किलोमिटर टाढा छ । यसैबीच, रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले चार युक्रेनी ड्रोन खसालेको घोषणा गरेको छ ।

मस्को र किभ दुवैले ड्रोन प्रयोग गरेका छन्, जसमा सन् २०२२ फेब्रअरीमा सुरु भएको द्वन्द्वमा सयौँ किलोमिटर फैलिएको दायरासहित ठूलो सेल्फ–डिटोनेटिङ क्राफ्ट समावेश छ । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro