site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माछापुच्छ्रे बैंकको डीसीईओमा अर्याल, नायब महाप्रबन्धकमा जम्कट्टेल
Tiktok banner adTiktok banner ad

काठमाडौं । माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा प्रसिद्धराज अर्याल बढुवा भएका छन् । बैंकको यसै असार २७ गते बसेको सञ्चालक समितिको बैंठकले साउन १ गतेदेखि पदभार सम्हाल्ने गरी उनलाई बढुवा गरेको हो ।

यस्तै, सञ्चालक समितिले सुभाष जम्कट्टेललाई नायब महाप्रबन्धक पदमा बढुवा गरेको छ ।

काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन संकायमा स्नाकोत्तर गरेका अर्यालसँग कर्जा,  ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव तथा ज्ञान रहेको बैंकले जनाएको छ । अर्यालले यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा काम गरेका थिए ।

यस्तै, सन् २०१० देखि बैंकिङ करियर सुरु गरेका जम्कट्टेल २०११ देखि माछापुच्छ्रे बैंकमा आवद्ध थिए । जम्कट्टेल लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्ट रहेको बैंकले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  २१:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro