site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारको दाबी पेस गर्न शीतलनिवास जाँदै कांग्रेस–एमाले 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अनुरोध गर्दै कांग्रेस र एमालेका शीर्ष नेताहरु शीतलनिवास जाने तयारीमा छन् ।

उनीहरु अब केहीबेरमै शीतलनिवास जान लागेको एमालेका नेता विष्णु रिमालले जानकारी गराए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आह्वान गरेलगत्तै उनीहरु दुई दलका सांसदहरुको हस्ताक्षर लिएर जान लागेका हुन् ।

यसअघि नै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरिसकेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  २१:०१
प्रतिक्रिया दिनुहोस्