काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठूला दल मिल्न कुतर्क, मध्यरात र अँध्यारो चाहिन्छ भन्दै प्रश्न गरेका छन् । उनले कांग्रेस एमाले मिल्दा लोकतन्त्रमाथि खतरा पर्ने भन्दै आफैँ नमिलेर कसैले मिलाएको तर्क गरे ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै उनले नयाँ बन्ने गठबन्धन निरंकुशता केन्द्रित भएको आरोप लगाए । उनले मध्यरातमा अँध्यारो कोठमा कसको घरमा सहमति भयो भन्दै यसले निरंकुशता देखाएको तर्क गरे ।
“सहमतिको तरिका, सहमति गरेको ठाउँ, सहमतिको तयारी र कसको घरमा हस्ताक्षर गर्नुभयो, समय कुन रोज्नुभयो आमजनताले नजिकबाट हेरेर बोध गरिरहनु भएको छ,” उनले भने, “नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो र बन्द कोठा चाहिन्छ ?”