site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालको अर्थतन्त्र सकारात्मक मोडमा : आईएमएफ

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष अर्थात् आईएमएफका अनुसार गत वर्ष अधोगतिमा गएको नेपालको आर्थिक अवस्थामा केही सुधार आउन थालेको छ । विस्तारै यसले गति पक्रने सम्भावना देखिन्छ । 

आईएमएफले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मौद्रिक नीतिले लिएको सावधान उदार नीति, सरकारले बजेटमार्फत पुँजीगत खर्च बढाउन देखाएको चासो, जलविद्युत्को बढदो उत्पादन तथा पर्यटक आगमनमा देखिएको सकारात्मकताले गर्दा आउँदो वर्ष सकारात्मक हुने सम्भावना मुद्रा कोषले देखाएको हो ।

Dabur Nepal
NIC Asia

गएको आर्थिक वर्षमा तीन प्रतिशत वृद्धि भएको अर्थतन्त्र आउँदो वर्ष ४.९ प्रतिशत पुग्ने सम्भावना रहेको आकलन कोषले गरेको छ ।

नेपालको आर्थिक अवस्थासम्बन्धी चौथो समीक्षा गर्दै आईएमएफको कार्यकारी समितिले नेपाललाई एसडीआर तीन करोड १४ लाख (करिब चार करोड १३ लाख अमेरिकी डलर बराबर) दिन स्वीकृति पनि दिएको छ ।

जुलाई ९ तारिखमा बसेको सो कार्य समितिको बैठकले नेपालले कोरोना महामारीले ल्याएको आर्थिक समस्या तथा विश्वभर देखिएको आर्थिक मन्दीसँग जुध्न ल्याएका कार्यक्रमको राम्रो उपयोग गरेको र यसले देशको समग्र आर्थिक अवस्थामा सन्तुलन ल्याउन सकेको पनि जनाएको छ ।

नेपालको हालको आर्थिक प्रगतिको लागि सबैभन्दा ठूलो बाधक पुँजीगत खर्च गर्न नसक्ने अवस्था हो, जसले गर्दा आर्थिक वृद्धिमा नकारात्मक असर पर्छ । साथै, तरल राजनीतिक अवस्थाले गर्दा नीतिगत निरन्तरतामा रोकावट आउनाले पनि सोचिएको आर्थिक उपलब्धि हुन नसक्ने सम्भावना रहेको पनि कोषले इंगित गरेको छ । 

नेपालको विदेशी मुद्राको सञ्चिति बढेर गएको, आयातमा कुनै प्रकारको रोकावट लगाउनु नपरेको तथा राजस्व संकलनमा कमी आएता पनि वित्तिय अनुशासन कायम गर्न सकेका कारण अर्थतन्त्र सकारात्मक दिशामा गएको कोषको ठहर छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro