site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कम्युनिस्ट आन्दोलनलाई सकारात्मक रूपमा अघि बढाउन आवश्यक : श्रेष्ठ
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिस्ट आन्दोलनलाई सकारात्मक रूपमा अघि बढाउन आवश्यक रहेको बताएका छन् । बिहीबार बालुवाटारमा स्व. सीता दाहालको पहिलो वार्षिकीमा श्रद्धासुमन अर्पण गर्दै उनले यस्तो बताएका हुन् ।

अहिलेको आवश्यकता जनताको आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नु रहेको उनले उल्लेख गरे । उनले आन्दोलनलाई रक्षा गर्दै नागरिकको चाहनाबमोजिम काम गर्न आवश्यक रहेको औँल्याए ।

विभिन्न बहानामा प्रतिगामी तत्त्वले आन्दोलनमाथि धावा बोल्ने काम गरिरहेको भन्दै उनले यसलाई माथि उठ्न दिन नहुनेमा जोड दिए ।

उपाध्यक्ष श्रेष्ठले सीता दाहालको निधनबाट पार्टीलाई अभिभावकको अभाव खड्किरहेको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ११:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro