site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भरतपुर अस्पतालमा एमआरआई सेवा

चितवन । भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो । 

प्रा. डा. पौडेलका अनुसार संघीय सरकारले उपलब्ध गराएको २५ करोड र अस्पताल विकास समितिको पाँच करोड गरी ३० करोडमा मेसिन खरिद गरिएको हो । 
 
स्वास्थ्य बिमाले तय गरेको नौ हजारदेखि १४ हजार शुल्कमा उपकरणबाट स्वास्थ्य परीक्षण हुने उनले जानकारी दिए । दैनिक २५ जनासम्मलाई सेवा दिन सकिने जनाइएको छ । 

अस्पतालमा दुर्घटनालगायतका बिरामीको एमआरआई गर्नुपरेमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललगायत अन्यत्र जानुपर्ने बाध्यता थियो । 

अस्पतालमा आउने बिरामीमध्ये दुर्घटनाका धेरै हुने बताइएको छ । अस्पतालमा सिटीस्क्यान, भिडियो एक्सरेलगायत उपकरण यसअघि नै सञ्चालित छ । 

अस्पतालमा ‘क्याथल्याब’ सञ्चालन गर्ने तयारी गरिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ०६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro