site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पश्चगामी सोचले संविधान संशोधन गर्न खोजे सशक्त प्रतिवाद गर्छौं : माधव सापकोटा
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए आफूहरूले सशक्त प्रतिवाद गर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद सापकोटाले धर्म निरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली वर्तमान संविधानको सुन्दरता भएको बताए ।

"हाम्रो भनाइ के हो भने यस्तो पश्चगामी सोचाइका साथ उहाँहरू संविधान संशोधनमा गिद्धेनजर लगाउन थाल्नुभएको हो भने त्यसको संसद् र सडकबाट पनि हामीले प्रतिवाद नगरे पनि सम्बन्धित अधिकार प्राप्त गरेका जाति, समुदाय, क्षेत्र, लिंग, वर्गले प्रतिवाद गर्छ । त्यसबेला त्यसको नेतृत्व हामीले गर्नैपर्छ । त्यो अधिकार हनन गर्ने, खोस्ने र संविधानको सुन्दरतामाथि उहाँहरूले हमला गर्न थाल्नुभयो भने त्यसको प्रतिकार गर्नुको त अरू हामीसँग के विकल्प रहन्छ र ?," उनले भने ।

तर, जनताका अधिकारलाई सुदृढ गरेर समयानुकूल संशोधन गर्ने विषयमा माओवादी सहमत रहने उनको भनाइ छ ।

"जनताका अधिकारलाई सुदृढ गरेर, समयानुकूल परिवर्तन र संशोधन गर्दै जाने कुरामा माओवादी पछि हट्दैन । तर प्राप्त भएका उपलब्धिहरूमाथि हमला गर्ने, खोसिने, कटौती गरिने, गिद्धेनजर लगाउने भयो भने त त्यसको सशक्त ढंगले प्रतिवाद हुन्छ," उनले भने ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro