site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
डेंगी नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले डेंगी रोकथाम र नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । 

कांग्रेस सांसद प्रतिमा गौतम प्रस्तावक तथा कुुुसुमदेवी थापा, सीता मिजार र लिलाबोखिम लिम्बू समर्थक रहेका छन् । सार्वजनिक महत्त्वको प्रस्ताव सोमबार संसद् सचिवालयमा दर्ता भएको हो । 

KFC Island Ad
NIC Asia

प्रस्तावमा डेंगु नियन्त्रणका लागि प्रभावकारी नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । जसमा छलफल गरी सरकारलाई आवश्यक निर्देशन र सुझाव दिन उनीहरूको आग्रह छ । “डेंगी पछिल्लो समयमा गम्भीर स्वास्थ्य चुनौतीका रूपमा आएको र यसको प्रभाव झन् बढ्ने हुनाले त्यसको रोकथाम र नियन्त्रणका सन्दर्भमा हाम्रो स्वास्थ्य पूर्वाधार अपर्याप्त र स्वास्थ्य प्रणाली कमजोर छ । त्यस कारण निकट भविष्यमा सिर्जना हुने गम्भीर असर र दीर्घकालीन रूपमा असर र रोकथाम तथा न्यूनीकरणका लागि संघर्षरत जनस्वास्थ्य तथा स्वास्थ्य प्रणालीमा सुधार आवश्यक छ,” प्रस्तावमा भनिएको छ, “यस विषयमा समयमै उपयुक्त काम नगरेको सन्दर्भमा यो प्रकोपले महामारीको रूप लिने र भविष्यमा झन् भयावह रूप लिन सक्दछ । त्यसकारण यसमा आवश्यक काम हुन जरुरी छ ।”


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro