site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नेपोलियन बोनापार्टका पेस्तोल १.६९ मिलियन युरोमा बिक्री

पेरिस । फ्रान्सका तत्कालीन बादशाह नेपोलियन बोनापार्टका दृुई पेस्तोल १.६९ मिलियन युरोमा बिक्री भएको छ । ती पेस्तोल  पेरिसका बन्दुक निर्माता लुइज मरिन गोसेटले बनाएका हुन् ।

ओसेनट अक्सन हाउस (लिलामी घर)मा आइतबार ती पेस्तोल  बिक्री भए । नेपोलियनले पदत्याग गर्नुअघि तिनै पेस्तोल प्रयोग गरेर  सन् १८१४ मा आत्महत्याको प्रयास समेत गरेका बताइन्छ ।

फ्रान्सको संस्कृति मन्त्रालयले उक्त पेस्तोललाई राष्ट्रिय खजानाका रूपमा वर्गीकरण गर्दै विदेश निर्यातमा रोक लगाएको थियो । सुन र चाँदीजडित ती पेस्तोलमा नेपोलियनको तस्बिर कुँदिएको छ ।

ऐतिहासिक नेता नेपोलियन सन् १८१५ मा इल्बाको मेडिटरेनियन आइल्यान्डमा प्रवासमा बसेर पुनः फर्केका थिए । तर, पछि वाटरलूको लडाइँमा उनी पराजित भए । दोस्रो निर्वासनका क्रममा दक्षिण एटलान्टिकको सेन्ट हेलेनमा १८२१ मा उनको निधन भएको थियो । बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro