काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले केन्द्रीय कार्यसमिति बैठकबाट १३ वटा निर्णय पारित गरेको छ ।
क्यानको बिहीबार बसेको बैठकले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा समावेश गर्ने, उपाध्यक्षसहित चार जनालाई स्पष्टीकरण सोध्नेसहित कुल १३ निर्णय पारित गरेको हो ।
बैठकले ट्वान्टी–२० विश्वकपका दौरान क्यानप्रति विवादास्पद र नकारात्मक अभिव्यक्ति सन्देश प्रवाह गरेको भन्दै उपाध्यक्ष रोशनकुमार सिंह, केन्द्रीय सदस्यद्वय माधवकुमार कर्माचार्य र दूर्गाराज पाठकसहित सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
यस्तै, क्यानले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने निर्णय गर्दा स्पट फिक्सिङ प्रकरणपछि निलम्बनमा परेका आदिल अन्सारीको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ ।
क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) यसै वर्षको नोभेम्बर–डिसेम्बरमा गर्ने निर्णयसमेत गरेको छ ।
हेर्नुहोस् निर्णय