site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभापतिले जीबी राईबारे बोलेर बिगारे, अर्को चुनावमा ‘क्लिप’ भाइरल बनाउँछन् 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले तयार पारेको प्रतिवेदन पार्टीले सार्वजनिक गरेको छ । बिहीबार कार्यवाहक प्रवक्ता मनीष झाले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् । 

जीबी राईका सन्दर्भमा सभापति रवि लामिछानेले बोलेका विषय पार्टीका लागि सबैभन्दा ठूलो चुनौती भएको उनको प्रतिवेदनमा लेखिएको छ । “तयारी र गुदीबिना आश्वासनका पुलिन्दा मात्र बाँड्दा तत्कालीन ताली त पाइयो होला, तर यसले पार्टीलाई क्षति मात्र गर्‍यो । आउने चुनावसम्म पार्टीका नेताको बोलीका ‘क्लिप’हरू जताततै बजाइने हुँदा त्यसले पार्ने असरको बारेमा अहिलेबाट सजग हुनपर्छ,” उनले लेखेका छन्, “बोल्नका लागि मात्र बोल्ने प्रवृत्तिले पार्टीलाई हानिबाहेक केही पनि गरेन ।” 

उनले जवाफ दिने ठाउँमा पुग्दा हिजोका आफ्नै प्रश्नहरू आज पार्टीलाई भारी भएको उल्लेख गरेका छन् । उनले केन्द्रीय नेतृत्व बढी सुविधा भोगी भएको उल्लेख गरेका छन् । उनले केन्द्रबाट बाहिर निस्किँदा केन्द्रीय नेताहरू जसले गाडी चढाउन सक्छ उसैसँग मात्र हिँड्ने र ठूला होटेलमा जसले बसाउन सक्छ, उसैकोमा मात्र बस्ने जस्ता सुविधाभोगी देखिएको लेखेका छन् । “पार्टी एलिटहरूको मात्र हो कि जस्तो आभास हुन थालेको छ । आमजनता नेताहरूबाट टाढा हुँदै गएको र धनी वा दलालहरूले नेताहरूलाई घेर्दै गएको विषय उठान भएको छ । पार्टीका नेतालाई प्लेनको टिकट तिरेर पार्टीको कामका लागि बोलाउनु पर्‍यो भने हामी आफैँबाट सुधार गर्दै संवाद, सञ्चार, समन्वय र सम्पर्क बढाइ चेन अफ कमान्डअनुसार अघि बढी यो समस्यालाई समाधान गर्न सकिन्छ,” प्रतिवेदनमा लेखेका छन् । 

उनले काम नगर्ने तर, अनावश्यक अभिव्यक्तिले पार्टीलाई क्षति भएको पनि प्रतिवेदनमा लेखेका छन् । गर्न सकिने नसकिने काम मूल्यांकन नै नगरी नेताहरूले बोल्ने गरेको उनले लेखेका छन् । “स्थानीय कार्यक्रममा पनि स्थानीय नेतासँग स्थानीयका समस्या के छन् भनेर सामान्य सोधपुछ समेत नगरी बोल्दा, हाम्रा नेता के कति तयारीका साथ बोल्दा रहेछन्, अनुमान लगाउन सकिन्छ भनेर गुनासोहरू प्राप्त भए,” उनले लेखेका छन् । 

निलम्बित महामन्त्री ढकालले जनताले पार्र्टीका नेताहरूलाई विश्वास नै गरे पनि उनीहरूले नै बोलेका कुरा कति पूरा हुन्छन् भन्ने प्रश्न गरेका छन् । “जनताले हेरिरहेका छन् र जनमूल्यांकनमा हामी असफल भएका छौँ । पार्टीका केन्द्रीय नेताहरू, विशेषतः सभापतिले बोलीमा लगाम लगाउनु पर्ने र काम भइसकेपछि मात्र बाल्ने बानी विकास गर्नुपर्ने सुझावहरू प्राप्त भएका छन्,” उनले लेखेका छन् । 

उनले नेताहरू पार्टीको नीतिविपरीत एनजीओ तथा आईएनजीओको कार्यक्रममा बढी सहभागी हुने गरेको पनि प्रतिवेदनमा लेखेका छन् । 

“कतिपय संस्थाले जनताको जीवनसँग जोडिएर केही पनि कार्यक्रम नगर्ने र पाँच तारे होटेलमा मात्र कार्यक्रम गर्ने, बहस गर्ने कार्यक्रम राख्नेहरूका कार्यक्रममा पनि पार्टीका नेताहरूको उपस्थिति देखियो । पाँच तारे होटेलमा कार्यक्रम राखेर कर्णालीमा छाउपडी प्रथा कसरी अन्त्य गर्न सकिन्छ (उदाहरण) जस्ता कार्यक्रममा पनि पार्टीका नेताले भाग लिए‚” उनले लेखेका छन् ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro