site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन : मन्त्री यादव
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारले परीक्षा लिएर लाइसेन्स दिएका चिकित्सकहरूको क्षमतामा प्रश्न उठाउन नहुने बताएका छन् । 

बिहीबारको राष्ट्रियसभा बैठकमा विनियोजित विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले सरकारले लिने परीक्षा जालझेलरहित रहेकाले चिकित्सक र नर्सहरू दक्ष रहेको स्पष्ट पारे । सरकारले चिकित्सकहरूसँग स्वच्छ रूपले परीक्षा लिने र नतिजा निकाल्ने गरेको पनि उल्लेख गरे । देशभर खटिएका ५० हजार बढी स्वयंसेविकाहरूको बारेमा राज्यले सोच्न आवश्यक रहेको बताए । 

"जुन प्रकारले मेडिकल अफिसर, स्टाफ नर्सको नेपाल सरकारले लाइसेन्सको परीक्षा लिन्छ, नतिजा निकाल्छ । जुन लाइसेन्स दिइरहेका छौँ । त्यो एकदमै टाइट छ । त्यसमा कुनै जालझेल छैन । एकदमै फेयर छ । लाइसेन्स निकालेर जुन डाक्टरसाव, स्टाफ नर्स, एचए जो स्वास्थ्यकर्मी हुनुहुन्छ, उहाँहरूले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन," उनले भने ।
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro