काठमाडौं । एन्डी मुरेले विम्बल्डनको बिदाइमा सुपरस्टार मिक्स डबल्समा ब्रिटिस स्टार इम्मा राडुकानुसँग खेल्ने भएका छन् । ३७ वर्षीय मुरेले टेनिसबाट सन्न्यासअघि अन्तिमपटक विम्बल्डनमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।
दुईपटक पुरुष एकलको उपाधि जितेका मुरेले आफू फिट नभएको बताउँदै मंगलबार प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए । तर, बिदाइका निम्ति उनले भाइ जेमी मुरेसहित पुरुष युगलमा प्रतिस्पर्धा गर्नेछन् ।
उनले राडुकानु ब्रिटिसको उत्कृष्ट खेलाडीमध्येको एक भएको बताए । मुरेले राडुकानु मिक्स डबल्सका निम्ति सधैँ आफ्नो प्रमुख प्राथमिकतामा रहेको समेत खुलाए ।
विश्व वरीयतामा पूर्वएक नम्बर मुरे सन् २०१३ र २०१६ मा विम्बल्डन च्याम्पियन बनेका थिए । राडुकानुलेले सन् २०२१ मा यूएस ओपनको उपाधि जितेकी थिइन् ।