site stats
बाह्रखरी :: Baahrakhari
देश
वाग्मतीसहित पाँचवटा प्रदेशमा बिहानैदेखि वर्षा
फाइल तस्बिर ।

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहँदा केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, वाग्मती,  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

देशभर आंशिकदेखि साधारणतया बदली छ ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । देशैभर केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणदेखि पूर्णतया बदली रहने जनाएको छ । सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०६:२९
प्रतिक्रिया दिनुहोस्