site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
साङ्ला आतंकले निम्त्याउन सक्छ यस्तो जोखिम, नियन्त्रण कसरी गर्ने ?
Siddhartha BankSiddhartha Bank

काठमाडौं । साङ्ला, अधिकांश  घरहरूमा भेटिने किरा हो । बर्खायाममा त यसले झनै फरकफरक ढंगले सताइरहको हुन्छ; खानामा, ओछ्यानमा, कुना कन्दरामा । नेपालमा मात्रै होइन, विश्वका जुनसुकै विकसित देश र जुनसुकै आधुनिक घरहरूमा समेत साङ्ला आतंक रहेको खबर बेलाबेलामा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा देखिन्छ ।

विभिन्न अध्ययनहरूले साङ्ला फैलिनुको मुख्य कारण खाने कुरा नै भएको देखाएका छन् । सन् २०२२ मा नेसनल लाइब्रेरी अफ मेडिसिनले हङकङको एक अपार्टमेन्टमा गरेको एक अध्ययनमा ८२ प्रतिशत परिवारमा साङ्लाले सताइरहेको पाइएको थियो । घरको तापक्रम, आद्रता आदिले पनि साङ्ला फैलिन थप मद्दत गर्ने अध्ययनमा उल्लेख छ ।

अपार्टमेन्टमा बस्ने मानिसरूमा सामान्य छालाको एलर्जीदेखि दमसम्मका स्वास्थ्य समस्याको मुख्य कारण साङ्ला रहेको अध्ययनले देखाएको थियो ।

Agni Group
NIC Asia

नेपालमा साङ्लाको असर र यसले फैलाउने संक्रमणबारे खासै चर्चा हुँदैन । तर, बर्खायाममा अनेक संक्रमणजन्य रोग गराउने बताउँछन्, वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन ।

उनका अनुसार साङ्ला सामान्यतया फोहोरमा बस्ने भएकाले त्यही साङ्लो खानासम्म पुग्ने र संक्रमणको जोखिम उच्च हुन्छ । फोहोरमा भएका माइक्रो कन्टामिनेसन खानामा सार्दा सबैभन्दा धेरै हैजाको जोखिम हुन्छ । 

Global Ime bank

यही प्रक्रियाले साङ्लाले मानिसमा आउँको जोखिम पनि निम्त्याउँछ । बर्खायाममा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आइपुग्ने अधिकांश बिरामीको सिजनल संक्रमणको कारण दूषित खाद्यान्न नै रहेको उनको अनुभव छ ।

संक्रमित पानी र खानाको प्रयोगले टाइफाइडको जोखिम पनि उच्च रहन्छ । फोहोरमा बसेको साङ्लाले टेकेर ल्याएको ब्याक्टेरिया तथा संक्रमण खानामा परेको अवस्थामा पनि टाइफाइडको सम्भावना रहने उनी बताउँछन् । 

शरीरमा साङ्ला बस्दा वा हिँड्दा छालाको एलर्जीका साथै विभिन्नखाले एलर्जीहरू देखिन सक्छन् । दमका बिरामीमा यस्तो समस्या झनै बढी हुन सक्ने डा. पुनको भनाइ छ ।

साङ्लाले विभिन्नखाले जुकाको अण्डासमेत ओसारपसार गर्छ । खुट्टाले टेकेर ल्याएका अण्डा खानामा परेमा पेटमा जुका पर्न सक्छ । साङ्लाले विशेषगरी भान्साका खाने कुरा र फोहोरमा भेटिएका खानासमेत उपभोग गर्छ । 

यसरी फोहोरमा बसेर आएको साङ्लाले छोएमात्र वा खानामा हिँडेमात्रै पनि दूषित हुन्छ । यसले सतहमा रहेका सामान जस्तै भाँडाकुँडा, नपकाइएका तरकारी, फलफूलमा मात्रै हिँड्दा पनि संक्रमणको जोखिम रहने डा. पुनको भनाइ छ । 

कसरी हटाउने त घरबाट साङ्ला ?

साङ्ला मार्नलाई विभिन्न स्प्रे, जेल धुलो औषधि, चकलगायत प्रयोग गर्ने गरेको पाइन्छ । विश्वव्यापी समस्या बनेको साङ्ला आतंक हटाउने सफल प्रविधि यही भन्ने हालसम्म यकिन भएको पाइँदैन ।

तर, एकपटक प्रभावकारी उपायबाट साङ्ला हटाएपछि पटकपटक आउन नदिन केही उपाय अपनाउन सकिन्छ । साङ्लाले कुनाकाप्चा र फर्निचरका जोइन्टहरूमा अण्डा पार्ने हुँदा यस्ता ठाउमा विषादीको प्रयोग गरी राम्रोसँग सफा गर्नुपर्छ ।

भान्सामा खानेकुरा सकेसम्म नपोख्ने र पोखिहाले पनि तत्काल सफा गर्ने गर्नुपर्छ । र्‍याक, दराजहरूमा भएका ग्याप पूर्ण रूपले पुर्नुपर्छ । पछिल्लो समय विभिन्न सहरमा साङ्ला नष्ट गर्ने प्राविधिक टोलीसमेत उपलब्ध छन् । तर, एकपटक निर्मूल गरेपछि फर्किन नदिने प्रमुख उपाय सरसफाइ नै हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu