site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस–एमालेको गठबन्धनले जनतामा छाएको निराशा हटाउँछ : निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेस–एमालेको गठबन्धनले जनतामा छाएको निराशा हटाउने गरी काम गर्ने बताएका छन् ।

प्रेस युनियन मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले एमाले र कांग्रेसबीच आलोपालो नेतृत्व गरेर अघि बढ्ने र जनतामा छाएको निराशा हटाउने गरी राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको बताए ।

उनले संघीयता, समावेशिता र लोकतन्त्रका मूल्य मान्यतालाई थप सुदृढ गरेर संविधान संशोधन गरिने पनि बताए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो र परिष्कृत गर्न संविधान संशोधन गर्न लागिएको उनको भनाइ छ ।

त्यस्तै, उनले केन्द्रमा सत्ता समीकरण परिवर्तन हुँदैमा प्रदेशमा सत्ता फेरबदल हुनु संघीयताको मूल मर्मविपरीत भएको जिकिर गरे ।

निधिले विभिन्न प्रकरण, आरोप र विवादहरूलाई संविधान र कानुनअनुसार अघि बढाउने र यसका लागि सत्ताभित्र वा बाहिर हुनुले कुनै फरक नपर्ने दाबी गरे ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro