site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गिरिजाबाबु नभएको भए देशमा गणतन्त्र पनि आउँदैन थियो : देउवा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व. गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन् । 

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित स्व. कोइरालालको क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनीका क्रममा उनले यस्तो बताएका हुन् । उनले स्व. कोइराला २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्व रहेको उल्लेख गरे । 

गिरिजाबाबुका कारण देशमा प्रजातन्त्र मात्रै नफर्किएको भन्दै नेपालमा गणतन्त्रसम्म आएको उल्लेख गरे । आफूले विद्यार्थी बेलामा नै गिरिजाबाबुलाई चिनेको र उनैको सहयोगमा विश्वविद्यालयको चुनावमा जाँदा आफू पराजित भएको पनि स्मरण गरे । उनकै कारण आफू नेपाल विद्यार्थी संघको सभापति भएको बताए । 

"गिरिजाबाबु नभएको देशमा गणतन्त्र पनि आउँदैन थियो । त्यसैले गिरिजाबाबु २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा अत्यन्तै क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्व हुनुहुन्थ्यो । त्यो कारणले नेपालमा प्रजातन्त्र मात्रै फर्किएन, गणतन्त्रसमेत आएको छ । मैले विद्यार्थी बेलामा नै उहाँलाई चिनेको हो । त्यो बेलामा उहाँले विश्वविद्यालयको चुनावमा समर्थन गर्नुभएको थियो, पहिलो इलेक्शनमा म हारेको हो वास्तवमा । उहाँको समर्थन भएकै कारण पनि म नेविसंघको सभापति भएको हो । उहाँ कहिल्यै नथाक्ने मान्छे हो," उनले भने । 

गिरिजाबाबुलाई प्रजातन्त्रबाट लडेर गणतन्त्रसमेत ल्याउन सफल भएको व्यक्तिका रूपमा चित्रण गरे । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro