site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्तासमीकरण फेरबदलको चर्चाबारे गृहमन्त्री लामिछानेले भने– हल्ला मात्रै हो
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्तासमीकरण फेरबदल हुनेकुरा हल्ला मात्रै भएको बताएका छन् । 

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्तासमीकरण फेरबदल हुन लागेकोबारे आफूलाई कुनै जानकारी नभएको बताए । 

Dabur Nepal
NIC Asia

बाहिर सञ्चारमाध्यममा आएका कुराहरू हल्ला मात्रै भएको स्पष्ट पारे । आफूले दुई नेतासँग कुराकानी गरेको भन्दै त्यस्तो छनक नपाएको उल्लेख गरे । 

"हल्ला मात्रै हो । त्यस्तो थाहा छैन । म पनि सरकारमै छु । सरकार गठबन्धनको एउटा पार्टनर नै हुँ । त्यस्तो केही पनि छैन । मेरो भर्खरै दुई नेतासँग कुरा पनि भयो । कहिलेकाहीँ विभिन्न प्रक्रियाहरूमा केही असमझदारी हुँदाखेरी भेटघाट गर्ने कुरा भइरहन्छ । सामान्य भेटघाट नै हो । यसलाई कुनै त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन," उनले भने । 

गृहमन्त्री लामिछानेले शीर्ष नेताहरूबीचको भेटघाट समान्य भेटघाटको रूपमा रहेको भन्दै त्यसलाई गम्भीरतापूर्वक लिनु नपर्ने बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro