site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस उद्यमशीलता विभागले बुझायो उद्योगमन्त्रीलाई १७ बुँदे माग 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसअन्तर्गत रहेको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले १७ बुँदे सुझाव, ध्यानाकर्षण र मागहरू सरकारसमक्ष प्रस्तुत गरेको छ । केन्द्रीय सदस्य उर्मीला थपलियाको संयोजकत्वमा रहेको विभागले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष उक्त माग राखेको हो । 

सोमबार मन्त्रालय पुगेर विभागले स्टार्टअप र लघु, घरेलु तथा साना उद्योगको विकासका लागि सुझाव, ध्यानाकर्षण र मागहरू राखेको जानकारी दिइन् । विभागले स्टार्टअपका लागि सहुलियत कर्जा उपलब्ध गराउने प्रतिबद्धताअन्तर्गत ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ले कर्जा आवेदकहरूबाट नवीन पद्धतिको अपेक्षा गरेको देखिए पनि स्पष्ट नगरेको मागमा उल्लेख छ ।

“राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८० ले पनि ‘नवीन एवम् सिर्जनशील सोच’लाई स्टार्टअपको विशेषता मानेको छ, तर नवीनताको मापदण्ड भने स्पष्ट गरेको छैन । नवीनताको मापदण्ड स्पष्ट गरी स्टार्टअप नीति र सम्बन्धित कार्यविधि परिमार्जन गर्न माग गर्दछौँ,” मागमा लेखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro