site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संविधान कार्यान्वयनका अप्ठ्यारा फुकाउने ओली र देउवाबीच ‘समझदारी’
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संविधान कार्यान्वयनमा देखिएका अप्ठ्यारा फुकाउने ‘समझदारी’ भएको छ । नेताद्वयबीचको भेटवार्तामा यस्तो समझदारी भएको देउवानिकट एक नेताले जानकारी दिए ।

त्यसका निम्ति संविधान सुधार सुझाव आयोग गठन गर्ने गृहकार्य भइरहेको ती नेताले बताए । संविधान संशोधनलगायत विषयमा ओली र देउवाबीच एक तहको समझदारी भएको ती नेताको भनाइ छ ।

“संविधान कार्यान्वयन, संविधानमा देखिएका अप्ठ्याराहरूलाई संशोधनजस्ता विषयहरू पनि समेटिन्छन्,” ती नेताले बाह्रखरीसित भने ।

यो विषय निष्कर्षमा पुग्न भने बाँकी छ । विस्तृत छलफलपछि त्यसलाई पूर्णता दिने गरी ओली र देउवा अघि बढेका ती नेताले बताए ।

“३ बजे (आज दिउँसो ३ बजे) पदाधिकारी (कांग्रेस पदाधिकारी र पूर्वापदाधिकारी)को बैठक छ, त्यहाँ ब्रिफिङ होला,” ती नेताले भने, “समसामयिक राजनीतिमा ब्रिफिङ आउला ।”

गएको शनिबार देउवा ओलीनिवास बालकोट पुगेका थिए ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro