site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदलाई एकै ठाउँमा राखेर संसद् प्रभावकारी बन्दैन : ढुंगाना

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदलाई एकै ठाउँमा राखेर संसद् प्रभावकारी बन्न नसक्ने बताएका छन् । आइतबार संसद् भवनमा ६६औँ संसद् दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले समावेशिता वर्तमान संविधानको सबैभन्दा राम्रो पक्ष भएको उल्लेख गरे । समावेशिता कहाँ भन्ने विषयको यकिन हुन आवश्यक रहेकामा उनले जोड दिए ।

उनले महिला, जनजाति, मधेसीलगायत समुदायका निम्ति छुट्टै प्रत्यक्ष निर्वाचनस्थल बनाउन जरुरी रहेको बताए ।

पूर्वसभामुख ढुंगानाले नेपालको राजनीति सबैलाई प्रधानमन्त्री नै हुनुपर्ने किसिमको रहेको टिप्पणी गरे ।

संसद् दिवसको कार्यक्रममा दमननाथ ढुंगानाको भनाइ पढ्नोस्–
समावेशिता यो संविधानको सबैभन्दा राम्रो पक्ष हो । तर, समावेशिता कहाँ राख्ने, प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभाबराबर समावेशी सदस्यहरू भएको संसद्बराबर हुनसक्छ ? तपाईंहरूले कहिल्यै यो कुरा सोच्नुभएको छ ? त्यसकारण समावेशितालाई ठिक ठाउँमा राख्नुस् । महिलाहरूको लागि पनि प्रत्यक्ष निर्वाचन गराइदिनुस् । जनजाति, मधेसी, थारुहरूका लागि गरिदिनुस् । तर, समावेशी र प्रत्यक्ष निर्वाचित एक ठाउँम नराख्नुस् । दुवैलाई कस्तो कस्तो उदासीनताको भाव छ । एउटा लघुताभाषा छ । एउटा प्रत्यक्ष निर्वाचित भएर आउँछ, एउटा पार्टीबाट समावेश भएर आउँछ । त्यो पार्टीबाट पनि कसरी आउँछ, पार्टीका नेतालाई थाहा हुँदैन । कुन गुट र कसको खल्तीबाट आउँछ । त्यस्तो समावेशिता र प्रत्यक्ष निर्वाचित दुई सांसद एक ठाउँमा बस्दा संसद् कहिल्यै पनि प्रभावकारी हुन सक्दैन । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro