विदेश
पेरिस । फ्रान्समा आज आमचुनाव भइरहेको छ । त्यसको नतिजा ऐतिहासिक हुन सक्ने जनाइएको छ । किनकि, त्यहाँ दक्षिणपन्थी पार्टी सत्तामा पुग्ने अनुमान गरिएको छ ।
चुनावी पोलमा दक्षिणपन्थी पार्टी द नेसनल ¥याली अगाडि देखिएको थियो । जसको नेतृत्व मेरिन ले पेन र जोर्डन बार्डेलाले गरेका छन् ।
यो चुनावमा ४.९ करोड मतदाता छन् । यसमा अधिक मतदान हुने अपेक्षा गरिएको छ ।
यो चुनाव दुई चरणमा हुँदै छ । अर्को चरण आउँदो आइतबार भएपछि नेसनल एसेम्बलीका सबै ५७७ सिटको परिणाम आउनेछ । बीबीसीबाट ।
प्रकाशित मिति: आइतबार, असार १६, २०८१ १४:२२
प्रतिक्रिया दिनुहोस्